झापा / सरकारले साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका निजामती कर्मचारीसहित शिक्षकसम्मको नयाँ तलबमान र ग्रेड वृद्धि गर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । सोहीअनुसार नै नयाँ तलबमान र ग्रेड वृद्धि गरिएको हो।

‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, सांसद् सेवा, सामुदायिक विद्यालय शिक्षकको साउन १ देखि लागू हुने गरी नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता कार्कीले भने ।

यस्तै, सरकारले विश्व बैंकबाट प्राप्त हुने १७ अर्ब ७० करोड बराबरको ऋण सहायता र जापान सरकारबाट प्राप्त हुने २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।