झापा / निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका १० अर्ब खर्च हुने अनुमान गरेको छ ।

आइतबार निर्वाचन आयोगले सम्पादकहरुसँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित खर्च १० अर्ब हुने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

आगामी निर्वाचनमा कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदानस्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको आयोगले जानकारी दिएको छ ।

आयोगले मतदाता शिक्षा कसरी गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा सुझाव मागेको छ । प्रमुख आयुक्त थपलियाले मतदाता शिक्षाका लागि विविधता युक्त सामग्री तयारी, प्रकाशन एवम् प्रसारण विद्युतीय माध्यमको प्रयोगमा विशेष जोड दिने बताए ।