झापा / सरकारले अर्थसचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको छ । 

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व सचिव रहेका पुष्करलाई अर्थमा र रामेश्वर दङ्गाललाई राजस्व सचिवको जिम्मेवारी दिने निर्णय गरेको वनमन्त्री प्रदिप यादवले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

यसअघि अर्थसचिव रहेका मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलाई अर्थसचिवको समेत जिम्मेवारी दिइएको थियो ।

अर्थसचिवको जिम्मेवारी पाएका पुष्कर एक वर्षअघि देखि राजस्व सचिवको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सहसचिव हुंदा महानिर्देशक, विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी र दिल्लीस्थित इकनोमिक काउन्सिलरको जिम्मेवारी सम्हालेका थिए ।

राजस्व सचिवमा आएका दंगाल राजस्वकै क्याडर हुन् । उनको यस क्षेत्रमा विशेष दखल छ । उनी गत पुषमा मात्र सचिवमा बढुवा भएका थिए । दङ्गालले पनि राजस्व महाशाखा र अख्तियारमा काम गरेका थिए ।