बिर्तामोड  / नेपालमा  पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । कोरोनाको चौथो लहर सुरु भएसँगै पहिलो पटक आज एकै दिन पाँच सङ्क्रमितको मृत्यु भएको हो ।

नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९८२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै पछिल्लो २४ घण्टामा कुल चार हजार ५३४ कोरोना परीक्षण गर्दा ८१५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार दुई हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र दुई हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा सङ्क्रमण देखिएको हो । 

आज ४७६ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ हजार ७६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।