झापा / ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनको घोषणा गरेका छन् । 

गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्ने सहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको ढुवानी व्यवसायी महासङ्घले पुनः आन्दोलन घोषणा गरेको हो ।

OM Sai Pathibhara Hospital

पेट्रोलियम ढुवानी क्षेत्रमा रहेका विभिन्न समस्याहरू समाधानको लागि नेपाल आयल निगम समक्ष पटकपटक माग पेश गरेपनि सम्बोधन नभएको नेपाल पेट्रोलयम ढुवानी व्यवसायी संघले जनाएको छ । 

भदौ १ गतेसम्म भाडा वृद्धि नगरिए २ गते देखि यथास्थितिमा पेट्रोलियम ढुवानी गर्न नसकिने संघले चेतावनी दिएको छ । हालको ढुवानी भाडाबाट ट्याङ्कर सञ्चालन गर्न नसकिने महासङ्घको निष्कर्ष छ ।