झापा / सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले शाहकी पत्नी मन्जुदेवीलाई समेत प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका –२ स्थायी घर भएका साहले आफूसहित श्रीमती, छोराछोरी, बुहारी, ज्वाइँलगायतका नामबाट ४८ जना सर्वसाधारणलाई एक करोड १ लाख ९२ हजार रुपैयाँ ऋण लगानी गरेका थिए ।

OM Sai Pathibhara Hospital

शाहले उनीहरूबाट १ करोड ५३ लाख ३१ हजार रुपैयाँ ब्याज लिएको विभागको दाबी छ । ब्याज र सावाँसहित अन्य चलअचल सम्पत्रस जोडेर ३ करोड २० लाख ९२ हजार ६ सय ५८ रुपैयाँ बिगो दाबी गरिएको हो । 

यस्तै मन्जु देवीको नाममा रहेको जग्गा र बैंक मौज्दातका आधारमा ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गरिएको छ।