कैलाली / कैलालीको त्रिनगर भन्सार नाकाबाट अवैध सामान ल्याउने महिला र कर्मचारी बिच झडप भएको छ । 

सोमबार राति आठ बजे भारतबाट सामान ल्याउने क्रममा रीचा कुवर र मञ्जु कुवँरलाई भन्सारका कर्मचारीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । 

OM Sai Pathibhara Hospital

भन्सारका कर्मचारीले दुई हजार घुस माग्दा दिन नमाने पछि दुईटै पक्षबीच झडप भएको स्थानीयले आरोप छ । झडप हुदाँ दुइटै पक्षको कपडा समेत च्यातिएका छन् । 

भन्सारका कर्मचारीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीको भनाइ छ । रातिको समयमा विवाद नमिले पछि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

जोशीका अनुसार उनिहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।