बिर्तामोड / पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ५१ जनाको कोरोना परीक्षण गर्दा ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

जसमध्ये दुई हजार ८६२ जनाको पीसीआर गर्दा ४९८ र दुई हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ४७० जना सङ्क्रमणमुक्त भएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हाल सक्रिय सङ्क्रमित पाँच हजार ६८६ छन् ।

त्यस्तै, २४ घण्टामा ३२ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।