एजेन्सी / लियोनल मेसी र नेमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार सुरुवात गरेको छ ।

नयाँ सिजनको फ्रेन्च लि वानमा क्लेरमन्ट फुटमाथि ५–० को सानदार जितसहित पिएसजीले नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको हो । पिएसजीको जितमा मेसीले दुई गोल र एक असिस्ट तथा नेयमारले तीन असिस्टसँगै एक गोल गरेका थिए। थप दुई गोल अचरफ हाकिमी र कप्तान मार्किन्हसले गरे ।
गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलको नबौं मिनेटमा नेमारले मेसीको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाए । यस्तै २६औं मिनेटमा अचरफ हाकिमीले नेमारको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । 
३८ औं मिनेटमा नेमारकै पासमा कप्तान मार्किन्हसले गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो।
दोस्रो हाफको दुवै गोल मेसीले गरे । उनले ८० औं मिनेटमा नेमारको ह्याट्रिक असिस्टमा गोल गरेपछि पिएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

८६ औं मिनेटमा लियान्द्रो ड्यानियल पारेडेसको पासमा मेसीले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए । यो जितसँगै पिएसजीले नयाँ सिजनमा ३ अङ्क जोडेको छ ।