बिर्तामोड / पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितहरूको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जनाको आरटी पीसीआरएन्टिजेन विधिबाट परीक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ३३ हजार ५५२५ पुगेको छ ।नेपालमा सक्रिय कोरोना सङ्क्रमितहरूको संख्या पाँच हजार ७ सय नाघेको छ । 

त्यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७० पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ७० जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरूको कुल संख्या ९ लाख ७१ हजार ६२० पुगेको छ ।