धरान / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् । 

स्वास्थ्यमन्त्री भवानी खापुङले कांग्रेसकी प्रभावशाली नेता तथा सांसद डा. डिला संग्रौलाका श्रीमान् सूर्य संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । 
 
प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा सहकुलपति समेत रहेका मन्त्री खापुङले उनलाई नियुक्त गरेको प्रतिष्ठानले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार मोहनचन्द्र रेग्मीले राजीनामा दिएपछि एक वर्षदेखि सो पद रिक्त थियो । प्रतिष्ठानको अस्पताल निर्देशक (मेसु) मा भने डा. जगतप्रसाद यादव नियुक्त भएका छन् ।