धरान / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् ।
प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार मोहनचन्द्र रेग्मीले राजीनामा दिएपछि एक वर्षदेखि सो पद रिक्त थियो । प्रतिष्ठानको अस्पताल निर्देशक (मेसु) मा भने डा. जगतप्रसाद यादव नियुक्त भएका छन् ।





































