एजेन्सी / इङ्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको सुरुवाती दुई खेलका लागि तीब्र गतिका बलर ओली रोबिन्सनलाई टोलीमा बोलाएको छ ।

ढाडको चोटका कारण यो वर्षको सुरुवातमा वेस्ट इन्डिजको भ्रमण पछि इंग्ल्याण्डका लागि नखेलेका रोबिन्सन गत हप्ता काउन्टी च्याम्पियनसिपमार्फत मैदान र्फिएका थिए । 

OM Sai Pathibhara Hospital

जेमी ओभरटनले चोटका कारण खेल्न नसक्ने भएपछि रोबिन्सनले १४ सदस्यीय टोलीमा स्थान बनाएका हुन् । घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको टेस्ट सिरिज खेल्नेछ । 

रोबिन्सनले इंग्ल्याण्डका लागि नौ टेस्टमा ३९ विकेट लिएका छन् । त्यस्तै, विकेटकपर साम बिलिङ्सको स्थानमा बेन फोक्सलाई पनि टोलीमा बोलाइएको छ ।  सिरिजको पहिलो खेल १७ अगस्टबाट लड्समा सुरु हुनेछ ।