झापा / भारतको दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो ।

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार ती व्यक्तिको परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखिएको थियो । उनको मृत्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भाइरस भेटिएको मन्त्री जर्जको भनाइ छ ।

OM Sai Pathibhara Hospital

मंकीपक्सका कारण मृत्यु हुने अफ्रिकाबाहेकका यी चौथो व्यक्ति हुन् । मंकीपक्सका कारण यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मृत्यु भएको थियो ।

संक्रमित व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए । अस्पतालमा रिपोर्ट गरेको तीन दिनपछि उनको मृत्यु भएको थियो । उनलाई हल्का ज्वरो र रातो बिमिरा आएका थिए ।