बिर्तामोड / नेपाल ओलम्पिक कमिटीले सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलाडीलाई ओलम्पिक छात्रवृत्तिका लागि छनोट गरेको छ । सम्बन्धित खेल संघको सिफारिसमा कमिटीले विभिन्न १० खेलका १० खेलाडीलाई छनोट गरेको हो । 

ओलम्पिक छात्रवृत्तिका लागि टेबल टेनिसका संयोग कपाली (व्यक्तिगत), फेन्सिङका पायष योञ्जन (साबर), पौडीका नासिर याहा हुसेन (दुई सय मिटर फ्रि स्टाइल), ब्याडमिन्टनका प्रिन्स दाहाल (व्यक्तिगत), जुडोकी मनिता श्रेष्ठ प्रधान (५६ केजी मुनि), सुटिङकी सुष्मिता नेपाल (१० मिनेटर एयर राइफल), तेक्वान्दोकी युनिसिया राई (४९ केजी मुनि), डान्स स्पोर्ट्सका दीपक लामा (बी ब्वाइङ), गल्फका सुभास तामाङ (व्यक्तिगत) र भारोत्तोलनबाट १०९ केजी मुनिका सागर भण्डारी छनोट भएका छन् ।

OM Sai Pathibhara Hospital

छात्रवृत्तिअन्तर्गत प्रत्येक खेलाडीले मासिक ७ सय ५० डलर प्राप्त गर्नेछन् र यो ओलम्पिकको अन्तिम छनोटसम्म कायम रहनेछ । छनोटमा सफल रहे ओलम्पिक प्रतियोगितासम्म नै छात्रवृत्ति कायम हुनेछ ।

ओलम्पिक कमिटीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता, खेल सामग्री, बिमा, स्वास्थ्य परिक्षणदेखि अन्य तयारीका लागि चाहिने सबै प्रक्रियामा खर्च गरिनेछ ।