• रेवतीराज घिमिरे

OM Sai Pathibhara Hospital

बिर्तामोड / झापाको भूमिसुधार तथा मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ मा १० वटा पालिकाबाट ८३ करोड २८  लाख ९ हजार ८ सय ३१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 

एक वर्षको अवधिमा मालपोत कार्यालयले झापाका १५ वटा पालिका मध्ये मेचीनगर नगरपालिका, भद्रपुर, अर्जुनधारा, कनकाई र बिर्तामोड नगरपालिका, कचनकवल गाउँपालिका, हल्दीबारी, बाह्रदर्शी, झापा र बुद्धशान्ति गाउँपालिबाट विभिन्न शीर्षकमा सो राजश्व सङ्कलन गरेको हो । 

कार्यालयले पुँजीगत लाभकर शीर्षकबाट २३ करोड ४१ लाख ७३ हजार २ सय ३५ , अग्रिम करबाट १० करोड ८४ लाख ४ हजार ७८, डोर शीर्षक बापत ४ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको मालपोत कार्यालय प्रमुख योगेन्द्र दुलालले जानकारी दिए । 

दुलालका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाबाट र सबै भन्दा कम झापा गाउँपालिकाबाट राजश्व संकलन भएको छ । बिर्तामोडबाट २० करोड, ४५ लाख, ५९ हजार, ४ सय ९५ रुपैयाँ र झापाबाट ७३ लाख ३३ हजार, ७ सय ३४ रुपैयाँ राजश्व संकलन भएको दुलालले बताए ।

मालपोत अधिकृत ज्ञानेन्द्र बहादुर भण्डारीका अनुसार गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा राजश्व संकलन ६.७१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७ ८८ मा ७९ करोड, २६ लाख, २७ हजार ५ सय ९६ रुपैयाँ मात्र राजश्व संकलन भएको थियो ।