बिर्तामोड  / पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८८८ कोरोना परीक्षण गर्दा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

दुई हजार ३६० जनाको पीसीआर परीक्षण गर्दा ३०३ र एक हजार ५२८ जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना सङ्क्रमण मुक्त भएका छन् भने सोही समयमा दुई जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ हजार २२८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।