काठमाडौं / इङ्लिस प्रिमियर लिगको प्रिसिजनको मैत्रीपूर्ण खेलमा आर्सनलले बलियो प्रतिद्वन्द्वी चेल्सीमाथि फराकिलो जित निकालेको छ । अमेरिकामा आइतबार बिहान खेलिएको खेलमा आर्सनलले चेल्सीलाई ४–० गोलले हरायो ।

आर्सनलको जितमा गाब्रियल जेससले १५औं, मार्टिन ओडेगार्डले ३६औं, बुकायो साकाले ६६औं र अल्बर्ट साम्वी लोकंगाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । 

OM Sai Pathibhara Hospital

यसैगरी प्रिसिजन अन्तर्गत अमेरिकामै भएको अर्को खेलमा स्पेनिस ला लिगाका प्रतिस्पर्धी बार्सिलोनाले रियल म्याड्रिडमाथि १–०  गोलको कठिन जित निकालेको छ ।

बार्सिलोनाको जितमा राफिन्हाले निर्णायक गोल गरे । राफिन्हाले २७औं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । रियलको दुई वटा प्रहार पोलमा लागेर फर्किएपछि हार खेपेको थियो ।