काठमाडौँ / सरकारले सुपारीको आयात खुला गरेपछि तस्करीका लागि यहाँका व्यवसायी सलबलाउन थालेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिटन २ हजार ५ सय डलरमा खरिद गरेर आयातित सुपारी सरकारले प्रतिटन १ हजार ५० डलर मात्र मूल्यांकन गरेर निकासी गर्ने अनुमति दिएपछि ‘मार्जिन’ का लागि उनीहरू चोरबाटोतिर केन्द्रित हुन थालेका हुन् ।

OM Sai Pathibhara Hospital

भारत र नेपालमा सुपारीको मूल्यांकन प्रतिटन १ हजार ५ सय डलरभन्दा बढी फरक पर्नु र भन्सार तथा अन्तःशुल्कमा पनि भारी फरक भएकाले सुपारीको तस्करी मौलाएको हो।  व्यापारीले इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाबाट सुपारी आयात गर्छन् ।

त्यस्तै इन्डोनेसियाबाट भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट तस्करी गरी ल्याइएको ८ ट्रक सुपारी प्रहरीले बरामद गरेको छ । प्रदेश १ प्रहरी कार्यालयका अनुसार उक्त सुपारी  बिहीबार राती विराटनगर रानीबाट चेकजाँचका क्रममा बरामद गरिएको हो ।

सबै ट्रकहरू भारतीय नम्बर प्लेटका छन् भने चालक समेत भारतीय नै रहेको प्रहरीले जनाएको छ । नेपाली सुपारी भनेर इन्डोनेसियाको सुपारी तस्करी गरी जोगमनी नाकाबाट भारत लैजान लागिएको थाहा पाएपछि ती ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

त्यस्तै गत असार २५ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिकास्थित काँकरभिट्टाबाट भन्सार छली गरेर ल्याएको ७ सय के जी सुपारी बरामद गरेको थियो । 

त्यसलगत्तै असार २८ गते नेपालबाट भारत तर्फ लुकाई छिपाई लादैँ गरेको अवस्थामा काँकरभिट्टाबाटै प्रहरीले २४५ किलो सुपारी बरामद थियो भने गत बुधबार मात्रै काँकरभिट्टा नाका हुँदै अवैधरूपमा नेपालबाट भारत तर्फ लादैँ गरेको १२० किलो सुपारी समेत प्रहरीले बरामद गरेको थियो ।