बिर्तामोड  / नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज छापावाल सुन तोलामा १ हजारले घटेको हो ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले ओरालो लागेर ९३ हजार रुपियाँ तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको थियो । 

OM Sai Pathibhara Hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपियाँ छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय रुपियाँ थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपियाँले घटेर एक हजार १५५ रुपियाँ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।