काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन्। उनले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।

मुख्य प्रशिक्षक दाशानायकेले व्यक्तिगत कारणले राजीनामा दिनुपरेको बताएका छन्। उनले दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक भएको ८ महिनामै राजीनामा दिएका हुन्। गत वर्ष मङ्सिरमा उनी मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

OM Sai Pathibhara Hospital

उनी यसअघि सन् २०११ देखि २०१५ सम्म पनि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक थिए। नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप क्रिकेट खेल्दा पुबुदु नै प्रशिक्षक थिए।