बिर्तामोड / पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १ हजार ९८२ पुगेको छ भने पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।