काठमाडौँ / एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । आज दिउँसो तीन बजे बोलाइएको बैठक अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ बिरामी हुँदा स्थगित भएको हो ।

एन्फाका महासचिव किरण राईका अनुसार अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । सोही कारण अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको महासचिव राईले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

आज स्थगित भएको बैठकमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप बारे छलफल हुने जनाइएको थियो ।

पछिलो समय पदाधिकारी चयनमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाक्न आएका पंकज निकै दबावका परेका छन् ।