काडमाडौँ  / नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

टिटवुड ग्लास्गोमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपालले टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ ।

OM Sai Pathibhara Hospital

तर, प्रतियोगितामा सबैभन्दा बलियो टोली मानिएको स्कटल्यान्डलाई हराउन भने सहज छैन । स्कटल्यान्ड घरेलु मैदानमा लगातार दोस्रो जित चाहिन्छ ।