झापा  / सेयर बजार आज (आइतबार) पनि ओरालो लागेको छ । आज सेयर बजार १.७१ प्रतिशतले घटेको हो ।

आज नेप्से परिसूचक ३४.७० अंकले घटेर १९९२.६२ बिन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक ५.६० अंकले घटेर ३७९.८९ बिन्दुमा झरेको छ ।

OM Sai Pathibhara Hospital

कारोबार अवधिभर २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यसदिन १३ वटै सूचक राताम्य बनेको छ । आज होटल एण्ड पर्यटन र व्यापार समूहको सेयर सर्वाधिक घटेको छ । आज १४ कम्पनीको मात्र सेयर मूल्य घटेको छ, भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ ।