झापा  / बिग्रँदो अर्थतन्त्र सुधारका लागि कुनै कदम नचालेको भन्दै आलोचना भइरहको बेला सरकारले सिमेन्ट निर्यात गर्दा अनुदान दिने व्यवस्था गरेसँगै भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । 

पश्चिम नवलपरासीको सुनवल नगरपालिका –७ मा रहेको पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादन भएको तानसेन ब्राण्डको तयारी सिमेन्ट शुक्रबारदेखि भारत निर्यात हुन थालेको हो । 

OM Sai Pathibhara Hospital

उद्योगले पहिलो दिन (शुक्रबार) रुपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै भारत तर्फ तीन ट्रक सिमेन्ट निर्यत गरको छ । 

बजेटमार्फत सरकारले चालू आर्थिक वर्षदेखि सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेसँगै नेपालबाट पहिलो पटक पाल्पा उद्योगले सिमेन्ट निर्यत गरेको हो । यससँगै देशभरका पाँच दर्जनभनदा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका खला भएको छ । नेपालमा उत्पादित सिमेन्ट अन्ताष्ट्रिय बजारमा निर्यत हुँदा नेपालको अर्थतन्त्रमा पनि ठुलो सहयोग पुग्नेछ । 

भारतमा सिमेन्ट पठाउनका लागि गर्नुपर्ने भारत गुणस्तर मापदण्ड लगायतका सबै सरकारी प्रकृया पूरा गरेपछि उद्योगले सिमेन्ट पठाउन थालेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए । 

निरौलाका अनुसार दैनिक १८ सय टन क्लिन्कर उत्पादन क्षमताको प्लान्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । 

मुलुकमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन रहेको अनुमान छ । उत्पादनको मात्रा अहिलेको आन्तरिक मागभन्दा बढी छ ।