काठमाडौं / अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरू शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

करिब चार वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरको विवाह काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न भएको हो ।
वैवाहिक समारोहमा सरोज खनाललगायत केही चलचित्रकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए ।