झापा  / नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेर असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको नबिल बैंकले दुवै बैंकका गरी कुल २० वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ ।

एकै स्थानमा रहेका नेपाल बंगलादेश बैंक र नबिल बैंकका दोहोरो शाखालाई समायोजना गरी एउटै शाखा बनाउन लागिएको हो ।

OM Sai Pathibhara Hospital

नबिल बैंकका अनुसार एकीकृत कारोबार हुने भएपछि हाल नेपाल बंगलादेश बैंकका १७ वटा शाखा बन्द गर्दै नबिलमा समायोजन गर्न लागेको हो ।

त्यस्तै, हाल रहेका नबिल बैंकका ३ वटा शाखा बन्द गरी नेपाल बंगलादेश बैंकको शाखा भएको ठाउँबाट नबिल बैंककै नाममा कारोबार सुरु गर्ने भएको हो ।

292605518_4756138861152274_3593907801378465059_n