काठमाडौँ  / बुधबार सुनको मूल्य  १ हजार ६ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९७ हजार ६ सय रुपैयाँ रहेको मूल्य आज ९६ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँ पुगेको  महासङ्घले जनाएको छ ।