झापा  / पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ४०१ पुगेको छ । जसमध्ये ३९९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसन र २ जना आईसीयूमा छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख २० हजार ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।  

नेपालमा कोरोनाका कारण  मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।