काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयलाई लिएर अहिले उनको राजीनामा माग भइरहेको बेला प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भेट भएको हो ।

OM Sai Pathibhara Hospital

भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिलेको माहोललाई शान्त बनाउने सिसीटिभी डिलिट गरेको विषयमा छानविन समिति बनाउन सुझाव दिएको स्रोतको दावी छ । तर, प्रधानमन्त्री देउवाले भने उनलाई मन्त्रीबाट फिर्ता बोलाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु देउवासँग अर्थमन्त्री शर्माको राम्रो सम्बन्ध छ । तर, शर्माले पछिल्लो समय केही व्यापारी घरानालाई फाइदा पुग्ने गरी बजेट ल्याएको, नीतिगत भ्रष्टाचार गरेको र भन्सार दरमा खेलेर निकटस्थहरुलाई फाइदा पुगाएको आरोप छ ।

त्यसमा प्रधानमन्त्रीको संलग्नताबारे समेत प्रश्न उठेको छ । शर्माकै प्रधानमन्त्री देउवालाई खुसी बनाउन उनका छोरा जयविर देउवालाई फाइदा पुग्नेगरि सेनिटरी प्याडमा भन्सार छुट गरेका थिए ।

शर्मालाई फिर्ता बोलाउनको लागि संसद् भित्र र बाहिर चर्को आवाज उठे पनि माओवादी अध्यक्ष दाहाल भने उनलाई जसरी पनि जोगाउने दाउमा छन् ।