झापा / सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ । यसअघि मूल्य वृद्धिको चर्को विरोध हुँदा मूल्य घटाएको नेपाल आयल निगमले पुनः मूल्य वृद्धि गरेको हो ।

सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो । त्यस्तै, हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ । 

OM Sai Pathibhara Hospital

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर १७२ रुपैयाँ पुगेको छ भने हवाई इन्धन आन्तरिक तर्फ १९० रुपैयाँ पुगेको छ ।

रसिया–युक्रेन युद्धका कारण सिर्जना भएको विश्व ऊर्जा सङ्कटले पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको वृद्धि अनुरूप इन्डियन आयल कर्पोरेसन (आईओसी) ले १ जुलाईमा नयाँ मूल्यसूची पठाएकाले सोहीअनुरूप नेपालमा उपभोक्ता मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

292014066_5283969184991657_3043842857977707119_n