काठमाडौँ / लोकदोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा भेटिएकी छिन् । 

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् ।  

OM Sai Pathibhara Hospital

पतिसँग सम्बन्धविच्छेद गरेपश्चात् केही वर्षयता एक्लै बस्दै आएकी गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिन उल्लेख गरेकी छन् ।

स्टाटस लेखेको भोलिपल्ट हिजो (शनिबार) बेलुका १०ः४५ बजे कोठामा सुतेको अवस्थामा उनी मृत भेटिएकी हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शुक्रबार साँझ दिलमायाको कोठामा एक व्यक्ति गएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। नाम भने खुलाइएको छैन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजु परियार लगायत केही गायकसँग केही  गीतमा स्वर दिएकी सुनार विशेष त लाइभ दोहोरी गायनमा बढी सक्रिय थिइन् । 

उनी केही महिना अघि सम्पन्न राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट गायिका घोषित भएकी थिइन् । उनले यसवर्ष केही तीज गीतहरू समेत रेकर्ड गरेको र ती सार्वजनिक हुन बाँकी रहेको सहकर्मीहरू बताउँछन् । 

उनको मृत्युमा लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरूले दुख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।