बिर्तामोड / केही दिनदेखि परेको अविरल वर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन् । 

गएराति १०ः०० बजे रतुवा खोलामा आएको बाढीले दमक नगरपालिका –७ स्थित खोला किनार नजिक रहेको बस्तीमा कटान गरेको हो ।

OM Sai Pathibhara Hospital

कटानमा परी दमक –७ का गोमा तामाङ, दीपक गुरुङ, मनोज मास्के, खड्ग लिम्बू, सुवास लिम्बू, विष्णु लिम्बू , रामकुमारी लावती, सूर्यमान आचार्य, विमल किस्कू, राजेश किस्कू, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र भारती तामाङको परिवार विस्थापित भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार उनीहरूको घरमा बाढीले क्षति पुर्याएकोले नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । 

सोही खोलाको पनि आज (सोमबार) बिहान गौरादह –६ स्थित टंगुवा बस्तीमा पस्दा करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको र बस्तीमा २ फिट जति पानी पसेको तर क्षति नभएको डीएसपी पाठकले बताए ।