काठमाडौँ / चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ । अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकाले दरखास्त पेश गर्न सूचना प्रकाशित गरिएको उल्लेख छ । 

OM Sai Pathibhara Hospital

दरखास्त पेश गर्ने ३० वर्ष पुरा भई ६४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । 

यस्तै, कुनै विषयमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तीमा दश वर्ष कार्य गरेको वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तीमा बीस वर्ष कार्य गरेको हुनुपर्नेछ ।