बिर्तामोड / मोरङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका- ४ बस्ने ६५ वर्षीया बुधिया देवी मुखिया र मोरङकै रतुवामाई नगरपालिका- १ मुस्लिमटोल बस्ने साकिर आलमका २ वर्षीय छोरा जासिद मिया रहेको प्रहरीले जनाएको छ । ६५ वर्षीया मुखिया जेठ ३ गते माइत जान्छु भनी हिडेकोमा शनिवार बिहान घर देखी केही  मिटरको दूरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेकी थिइन् ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी परीक्षणको लागी कोशी अस्पताल पठाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रङ्गेलीले थप अनुसन्धान गरिरहेको छ ।

OM Sai Pathibhara Hospital

यसैगरी २ बर्षीय जासिद मिया शनिवार अपरान्ह साँढे ५ बजे घर नजिकै रहेको कलमा पानी जम्मा गर्न बनाएको खाल्डोमा डुबेर मृत अवस्थामा फेला परेका थिए । घटनाका खबर प्राप्त भए सँगै इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।