झापा \ रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम बिक र सहचालक मुसीकोट नगरपालिका–११ का कमल खड्का रहेको प्रहरीले जनाएको छ । 

जिल्लाको आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप दुर्घटना भएको छ ।
इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार जिपमा चालक र सहचालक मात्र रहेको र जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।