काठमाडाैँ / नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त विरुद्धको रिटमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।
सर्वोच्चका कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालले ३० जेठमा सुनुवाइ गरेर मुद्दा हेर्दा हेर्दैमा आदेश दिएका थिए । सोही मुद्दाको सुनुवाइ आज हुन लागेको हो ।
१८ वैशाखमा सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर सरकारले सिंहलाई एआईजी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको पोखरेलको दाबी छ ।