झापा / हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । 

OM Sai Pathibhara Hospital

मौसमी प्रणालीको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।