बिर्तामोड \ हरेक वर्ष मनसुन सुरु भएसँगै किसानहरूलाई आफ्नो बालीनाली कसरी जोगाउने भन्ने बारे चिन्ता बढ्न थाल्छ । सँगैको बाढीले धनजनको क्षति गर्ने कुरा त छँदै छ तर झापाको बुद्धशान्ति गाउँपालिकामा भने किसानहरूको बालीनालीको क्षतीमात्र होइन पुल समेत जोगाउनु पर्ने अवस्था आएको छ ।
बर्षा संगै आएको बाढीले बुद्धशान्ति गाउपालिका वडा नं ४ स्थित टिमाई खोलामा जे सी बी चलाइएको छ । पुल कमजोर भएको भन्दै आज १० वटा जे सी बी को प्रयोग गरि पानीको चापलाई अन्यत्र डाइभर्ट गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा प्रयोग गरिएका जे सी बी ले २ दिन सम्म काम गर्ने बुद्धशान्ति गाउपालिका अध्यक्ष मनोज प्रसाईँले बताएका छन् ।
गाउपालिका अध्यक्ष प्रसाईँ , उपाध्यक्ष भवानी खतिवडा , प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेल, वाड नं ४ र ५ का वडाध्यक्ष लगायत स्थानीयको उपस्थितिमा जे सी बी को प्रयोग गरि नदि जन्य सामाग्री व्यवस्थापन गरिएको हो । गाउँपालिका अध्यक्ष प्रसाईँका अनुसार तत्कालको समस्यालाई अस्थाई रुपमा समाधान गर्न जे सी बी को प्रयोग गरिएको र खोलामा आएको बाढीले गर्दा आपतकालीन समस्या आएमा त्यसलाई समाधान गर्न तारजाली र आवश्यक सामाग्री खरिद गर्न समिति गठन गरिएको छ ।