झापा / रोल्पामा बालिकालाई  बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका- ६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी रहेको प्रहरीले जनाएको छ । 

केसीले गत जेठ ३० गते बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।