काठमाडौं / यौन दुर्व्यवहारको आरोप लागेपछि चलचित्र पत्रकार संघका महासचिव समीर बलामीले पदबाट राजीनामा दिएका छन् । 

चलचित्र पत्रकार संघका अनुसार यौन दुर्व्यवहारको आरोपमाथि छानविन गर्न सजिलो होस् भनेर बलामीले राजीनामा दिएका हुन् । 

OM Sai Pathibhara Hospital

संघका अध्यक्ष दिनेश सिटौलाले एक विज्ञप्ति जारी गर्दै बलामीको राजीनामा स्वीकृत भएको जनाएको छ । बलामीले राजीनामा दिएपछि संघको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले राजीनामा स्वीकृत गरेको हो । 

६ वर्ष अघि संघको चुनावका क्रममा महिला पत्रकारलाई होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप उनी माथि छ । ती महिला पत्रकारले केही दिन अगाडि आफु माथि दुर्व्यवहार भएको भन्दै चलचित्र पत्रकार संघको पुरस्कार नदिने घोषणा गरेकी थिइन् ।