काठमाडौं / सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नगर्ने २२ निर्माण व्यवसायीलाई कालोसूचीमा राखिदिएको छ । 

खरिद कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक निकायहरूको सिफारिसमा आएका निर्माण कम्पनीहरूले आयोजनाको काम समयमा सम्पन्न नगरेको पाइएपछि एक वर्षको लागि कालोसूचीमा राखिएको उल्लेख छ।

OM Sai Pathibhara Hospital

कालोसूचीमा पर्ने कम्पनीहरूमा पी यू कन्स्ट्रक्सन, डीडी कन्स्ट्रक्सन, न्यु कालिका निर्माण सेवा, सिदार्थ ढुवानी सेवा, देवाती ढुवानी सेवा, एसएमटी खड्का निर्माण सेवा, शिव कन्स्ट्रक्सन, राप्ती निर्माण सेवा, महाकाली गौरव बिल्डर्स र हिरोज कन्स्ट्रक्सन रहेका छन्।

यसैगरी वाइल्ड स्टोन कन्स्ट्रक्सन, भैरवी कन्स्ट्रक्सन, अरिहन्त इन्फ्रास्ट्रक्चर, जगदम्बा ड्रिलिङ कम्पनी, सन्तुष्टि कन्स्ट्रक्सन, न्यु उषा इन्टरनेसनल, प्रवक्षा निर्माण सेवा, मुक्तीननाथ रुपेश कन्स्ट्रक्सन, अभिषेक निर्माण सेवा लगायतका कम्पनीहरू कालोसूचीमा परेका छन्।

कालोसूचीमा पर्ने निर्माण कम्पनीहरूले एक वर्षसम्म कुनैपनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन सक्ने छैनन्।