विराटनगर / प्रदेश १ सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने भएको छ । 

प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रदेश सरकारले ‘उत्पादनमा आधारित प्रोत्साहन’ कार्यक्रम लागू गर्न १२ करोड रुपैयाँ विनियोजन गरेको छ । 

यस्तै एकीकृत बजारीकरण मोडल अनुसार नमुना कार्यक्रम सञ्चालन गर्ने र स्वरोजगार हुन चाहने युवाका लागि तरकारी, च्याउ, मह उत्पादनका लागि प्रोत्साहन गरिने आङ्बोले बताए ।