विराटनगर / प्रदेश १ सरकारले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको छ । 

प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

खाद्यान्न उत्पादनको उत्पादकत्व वृद्धि गर्न धान, मकै, दलहन र रैथाने बाली उत्पादन कार्यक्रम सञ्चालनका लागि लागि १३ करोड, प्राङ्गारिक मल उत्पादन गर्न ३ करोड, प्राङ्गारिक मल प्रयोग प्रोत्साहनका लागि १ करोड रकम विनियोजन गरेको आङ्बोले उल्लेख गरे । 

यस्तै बाली र पशुपक्षी बीमाका लागि प्रोत्साहन गर्न ३ करोड, कृषि क्षेत्रको विकासका लागि किसानलाई ब्याज अनुदानका लागि ९ करोड र ‘एक पालिका एक उत्पादन’ नमुना कार्यक्रम सञ्चालनका लागि १३ करोड बजेट विनियोजन गरेको आङ्बोले बताए । 

मासु प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिएको प्रदेश सरकारले चिया, अदुवा, अलैँची, सुपारी, रुद्राक्षको बजार प्रबर्द्धन गर्न ५ करोड बजेट विनियोजन गरेको छ ।