विराटनगर / प्रदेश १ सरकारले कृषिको विकास गर्न १० वर्षे कृषि नीति बनाउने भएको छ।
प्रदेश १ सरकारको बजेट प्रस्तुत गर्दै प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कृषि क्षेत्रबाट प्रदेशमा स्वरोजगार निर्माण गर्न कृषि नीति बनाउन लागिएको बताए।
अहिलेसम्म कृषिको ठोस आवधिक योजना नभएका कारण समस्या परेको भन्दै आङ्बोले कृषिका लागि आवश्यक बजेट विनियोजन गरेको बताए।






































