झापा  / प्रदेश १ सरकारले स्थानीय तहलाई ३ अर्ब बढी रकम हस्तान्तरण गर्ने बताएको छ । 

प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहलाई ३ अर्ब बढी रकम हस्तान्तरण गर्ने बताएका हुन् । 

OM Sai Pathibhara Hospital

आङ्बोले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वापत १ अर्ब रुपैयाँ र समपूरक अनुदानतर्फ १ अर्ब ३७ करोड विनियोजन गरेको बताए । 

त्यस्तै राजस्व बाँडफाँडमा ८८ करोड हस्तान्तरण हुने उनले बताए ।