झापा / आदर्श लघुवित्तले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

आदर्श लघुवित्तले निष्काशन गरेको साधारण सेयर ६७ हजार कित्तामध्ये १ हजार ३५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयरका लागि पनि सर्वसाधारणसँग आवेदन माग गरेको हो ।

OM Sai Pathibhara Hospital

आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।