झापा  / प्रदेश १ सरकारले आज बुधबार बजेट सार्वजनिक गर्दैछ । 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले हरेक आर्थिक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।

OM Sai Pathibhara Hospital

सोही प्रावधान अनुसार प्रदेश १ सरकारले आज (असारगते) बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजानिक गर्ने भएको हो ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गर्नेछन् । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब भन्दा माथिको बजेट ल्याउने अनुमान गरिएको छ । बजेटमा कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिइएको बताइएको छ । 

प्रदेश १ सरकारले प्रदेशसभामा अज पेश गर्ने बजेट दुई घण्टा ढिलो हुने भएको छ । प्राविधिक कारणले २ बजे पेश गर्ने भनिएको बजेट करिब ४ बजेमात्र पेश हुने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेका अनुसार बजेटको समय केही ढिला हुनेबारे प्रदेशसभालाई जानकारी गराइसकिएको छ । 

प्रदेशसभा नियमावली अनुसार निर्धारित बैठक २ घण्टासम्म ढिलो गर्न सकिन्छ । तर, २ घण्टासम्म बैठक सुरु नभएमा सूचना टाँस गरि सचिवालयले बैठकको अर्को समय तोक्नुपर्छ ।

स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयको सर्भरमा केही समस्या देखिएपछि बजेटको इन्ट्रीमा ढिलाई हुँदा बजेट पेश हुने समय सरेको हो । 

प्रदेशसभा सचिवालयले ३ः४५ बजेसम्मा बजेट पेश गर्नेगरी बैठक सुरु गर्ने तयारी गरेको छ । ४ बजेसम्म बैठक सुरु नभएमा सूचना टाँसेर प्रदेशसभाले बैठकको अर्को समय तोक्नेछ ।