झापा / नेपाली बजारमा आज (बुधबार) पनि सुनको भाउमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ मङ्गलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो। 

OM Sai Pathibhara Hospital

यससँगै छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा झरेको छ। 

महासङ्घका अनुसार बुधबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।