काठमाडौँ / शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘कबड्डी ४’ को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ । 

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङका अनुसार सिक्किमका जनता र विभिन्न संस्थाको संवेदनलाई ध्यानमा राख्दै  ‘कबड्डी ४’ को प्रदर्शनमा रोक लगाइएको हो । 

OM Sai Pathibhara Hospital

‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।

गत साता अलइन्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।

‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि उजुरी परेको छ ।